काठमाडौँ – संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरुले जसपा नेपाल छाडेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनीहरुले प्रा.डा.महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा पहिचानवादी मोर्चा घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा लावतीले पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरु पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


उनले अहिले आफुहरु जसपा नेपाल वा जसपा कुनैको पक्ष नलिने तर पहिचानबादीहरुसंग सहकार्य गर्ने धारणा राखे । पहिचानवादी मोर्चाका संयोजक लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको भन्दै नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने बताए ।

जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरु पहिला उक्त पार्टीमा लागेको तर पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनले बताए । मोर्चाले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई सघाउने पनि उनको भनाइ छ ।