काठमाडौँ– आजदेखि संघीय संसदको बजेट अधिवेशन शुरु हुँदैछ ।


ADVERTISEMENT


अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा वैशाख २० गते संसदको दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।


ADVERTISEMENT

# # #


आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसदमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।