काठमाडौँ– सरकार प्रतिपक्ष नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको एक नेताले बताए ।

कांग्रेसले यसअघि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ । यसैक्रमम कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा समेत रोकेको थियो ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।