उदयपुर – नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाइ प्रहरीले संरक्षण नगर्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरिक्षक कुँवरले व्यवसायिक शून्य सहनशीलताका साथ काम गर्न निर्देशन दिँदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने बताएका हु्न् । उनले संगठनमा केही आशलाग्दा व्यक्तिहरु समेत रहेको भन्दै उनीहरुको सिको सिकेर सकल दर्जाका प्रहरीलाइ अघि बढ्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


संगठनलाई ब्यबसायिक, मर्यादित र जनमुखि बनाएर काम गर्नुपर्ने समेत उनले निर्देशन दिए । महानिरिक्षक कुँवरले प्रहरीले आफनो आचरण, बोली व्यवहारलाई संगठनको मर्यादा अनुसार कायम गर्दै सेवामुखी भावका साथ काम गर्नुपर्ने बताउँदै कसैको दबाब प्रभावमा नपरी निष्पक्ष कार्य गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा ८० वर्ष उमेर माथिका जेष्ठ नेपल प्रहरीका पुर्व कर्मचारी, तथा जिल्ला प्रहरी कार्यलयका बिभिन्न कामा सहयोग गर्ने व्यक्ति लगायतलाई सम्मान गरिएको थियो ।