काठमाडौँ – प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । आजदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठक शुक्रबार काँग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको थियो ।


ADVERTISEMENT


त्यसपछि सुरु भएको बैठकमा पनि काँग्रेसले निरन्तर अवरोध गरेपछि जेठ १ गतेसम्मका लागि स्थगित भएको हो । बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई रोस्टममा बोल्नका लागि समय दिएका थिए । बोल्नका लागि रोष्टमतर्फ हिँडेका गृहमन्त्री लामिछानेलाई काँग्रेस सांसदले नाराबाजीसहित अवरोध गरेपछि उनी पुनः आफ्नै सिटमा फर्किए ।


ADVERTISEMENT

# # #


काँग्रेसका सांसदहरुले निरन्तर वेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक जेठ १ गते साँझ ६ बजे बस्नेछ । उक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यता काँग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ ।