सालमानले ‘मुझे लड्की मिल गई’


ADVERTISEMENT


मंगलबार मध्यन्ह टि्वट गर्दै यहि पंक्ति लेखे । सलमान खानको यो ट्वीट र उनकी कथित गर्लफ्रेन्ड यूलिया वांतुरले अर्कैलाई ‘बरमाला पहिर्‍याउनु’ नेपाली उखान ‘स्याल पनि कराउनु, कुखुरा पनि हराउनु’ भनेजस्तै भएको छ ।


ADVERTISEMENT

# # #


खासमा यूलियाले एक रियलिटी शोमा ‘गेम खेल्दै’ अनपेक्षित व्यक्तिलाई बरमाला लगाइदिएकी थिइन् । जबकी उनको अघिल्तिर सलमान खान, रणवीर कपुर र रणवीर सिंहको तस्विर थियो ।

ख्यालख्यालैमा भएपनि यसबाट धेरैले के लख काटे भने, ‘यूलियाले सलमानलाई रुचाउँदैनन् ।’ यहि पृष्टभूमिमा सलमानले ट्वीट गर्दै आफुलाई ‘केटी मिलेको’ जनाउ दिए ।

असफल प्रेमी

हुन त सलमान यस्ता अविवाहित अभिनेता हुन्, जसको प्रेम-सम्बन्धको कहिले पनि ‘ह्याप्पी इन्डिङ’ हुन पाएको छैन ।
संगीता बिजलानीदेखि ऐश्वय राय हुँदै क्याटरिना कैफसम्म आइपुग्दा सलमान अभागी ठहरिए । सबै गर्लप|mेन्डले सलमानलाई एक्लो बनाए ।

बिहेमा अरुचि ?

‘दबंग ब्वाइ’ कहिले काहिँ विवाहप्रति रुची नभएको पनि जनाउ दिन्छन् । एक अन्र्तवार्तामा उनले यसो भने, ‘बिहे भनेको पैसाको बर्बादी हो ।’

सायद आफ्नो भाइ अरबाज खानको असफल दाम्पत्यले पनि उनमा यस्तो बैरग्यता पलाएको हो कि ?

खैर, जे सुकै होस् सलमानको विवाहलाई लिएर भने दुनियाले टाउको दुखाएका छन् । उमेरले ५२ बर्ष टेकिसकेका अबिवाहित हिरोले कसलाई दुलही बनाएर भित्र्याउँछ त ? सर्बत्र चासो छ । यस्तै चासोलाई थप उचालिदियो, अहिलेको ट्वीटले ।

जब ट्वीटको रहस्य खुल्यो

जब उनको ट्वीटमाथि अनेक अडकलबाजी हुन थाल्यो, तब उनले धेरै समय रहस्य लुकाइरहन सकेनन् । अर्को ट्वीट गर्दै उनले खुलासा गरे, ‘चिन्ताको कुरा छैन । आयुष शर्माको फिल्म लवरात्रीको लागि युवती मिलेको छ । चिन्ता नगरौं, खुसी रहौं ।’

युवतीको नाम हो, वारिना । वारिनालाई यस फिल्ममा अभिनेत्रीको रुपमा लिइएको हो ।

हिरोइनको गडफादर

त्यसो त सलमान खान कतिपय बलिउड अभिनेत्रीका गड फादर पनि हुन् । उनले थुप्रै अभिनेत्रीलाई बलिउडमा इन्ट्री गराए । इन्ट्री मात्र गराएनन्, स्थापित पनि गरिदिए । कतिसम्म भने, उनी अभिनेत्रीहरुलाई करियर टिप्स पनि दिन भ्याउँछन् । यसपालि पनि उनले नयाँ युवतीलाई बलिउडमा डेब्यु गराएर ‘गड फादर’ बनेका छन् ।