काठमाडौं-पहिलो प्रदेशसभा बैठकमा मातृभाषामा सम्बोधन नगरी हिन्दीमा गरेको भन्दै स्थानीय युवाले मंगलबार राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेताहरूको पुत्ला दहन गरेका छन् ।


ADVERTISEMENT


प्रदेशसभाको आइतबार सम्पन्न पहिलो बैठकमा संघीय समाजवादी फोरमका लालबाबु राउत तथा राष्ट्रिय जनता पार्टीका जितेन्द्र सोनलले हिन्दीमा भाषण गरेका थिए । एमालेका सत्यनारायण मण्डल र शत्रुघ्न महतो, कांग्रेसका रामसरोज यादव र माओवादी केन्द्रका भरत साहलगायतका सांसदहरूले भने मैथिलीमा सम्बोधन गरेका थिए ।


ADVERTISEMENT

# # #


‘पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषा जस्तो आत्मीय पहिचानलाई बिर्सिने दलहरूको खबरदारी गर्न पुत्लादहन गरेका हौं,’ युवा अभियन्ता सुशील कर्णले भने । आन्दोलनकारीले प्रदेशसभा सदस्यहरूसँग प्रदेश २ मा बोलिने मैथिली, भोजपुरी, थारूसहितका मातृभाषाहरू प्रयोग गर्न आग्रह समेतगरेका छन् ।

प्रदेशसभा सदस्यहरूको शपथग्रहणमा ४७ जनाले मैथिलीमा, २५ जनाले भोजपुरीमा, २४ जनाले नेपालीमा र ११ जना सदस्यले हिन्दीमाशपथग्रहण गरेका थिए । हिन्दीमा शपथ लिने सम्पूर्ण प्रदेशसभा सदस्य राजपाका थिए ।