काठमाडौँ– सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ ।


ADVERTISEMENT


संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाईएको थियो । तर, बानेश्वरमै कांग्रेससहितका विपक्षी दलको बैठक चलिरहँदा सदन बस्न ढिलाइ भएको हो ।


ADVERTISEMENT

# # #


बैठक बस्नमा ढिलाई भएपछि सभामुख देवराज घिमिरे कार्यदल र विपक्षी दलको बैठकको निर्णय पर्खेर बसिरहेका छन्।

लगातार गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिाछनेमाथि सहकारी ठगी प्रकरण संसदीय समितिको माग गर्दे आएको नेपाली कांग्रसेलाई विपक्षी दलले पनि साथ दिएका छन् । समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको बुझिएको छ।

सभामुखले यसअघि सरकारसँग मिलेर बहुमतको बलमा पेलेको भन्दै विपक्षी दलहरु असन्तुष्ट छन्। आज समितिको टीओआरमा सहमति नजुटेपनि सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित गर्ने सरकारको तयारी छ।