काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका विषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अधिकतम लचक भएर कांग्रेसले भनेका विषयलाई सम्बोधन गर्न खोजे पनि कांग्रेसले एकपछि अर्को माग लिएर प्रस्तुत भएको बताए । सहमतिको नजिक पुगेको काम शुन्यमा पुराउने काम कांग्रेसबाट भएको उनको भनाइ छ । बर्तौलाले कांग्रेसले निरन्तर संसदमा बबण्डर गर्नु औचित्यहीन काम भएको धारणा राखे ।

त्यस्तै कांग्रेस सहमहामन्त्री जीवन परियारले सहमतिका लागि कांग्रेसले तयार पारेको प्रस्तावमाथि सत्तापक्ष सहमत नभएको बताए । उनले गोर्खा मिडियामा विभिन्न सहकारीको रकम अपचलन भएको सो मुद्दामा रवि लामिछाने संलग्न भएको कांग्रेसको धारणाप्रति पटक पटक छलफल भएपनि निष्कर्ष निस्कन नसकेको उल्लेख गरे ।

कार्यदलमा भएको छलफलमा लामिछानेको नाम राख्न सत्तापक्षले अस्वीकार गरेको र सत्तापक्षले एकपछि अर्को शब्दावलीमा नयाँ अडान राखेको उनले आरोप लगाए । परियारले संसदीय छानविन समितिको कार्यादेशमा लामिछानेको नाम उल्लेख नभएसम्म कांग्रेस पछि नहट्ने जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जेठ १५ गतेसम्म सहमतिको प्रयास गरिने बताए । उनले प्रतिपक्षीले उठाएका सवै मागप्रति सरकार सकारात्मक रहेपनि अडान नछाडेको आरोप लगाए ।

उनले गृहमन्त्रीको बिषयका साथै सवै सहकारी पिडितहरुको न्याय हुने गरि संसदीय छानविन समिति बनाउन सरकार तयार रहेको बताए ।