काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा मनसुन पूर्वतयारीका विषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरि मनसुनजन्य विपदवाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्ने तयारी गर्न निर्देशन दिएका हुन् । अहिले २० हजारलाई राहत दिन सक्ने गरि उद्धार र राहतका लागि राज्य सक्षम रहेको जानकारी दिँदै प्रकोपपछि तत्कालै उद्दार र राहतका लागि तयारी गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले अत्यन्तै जोखिमयुद्ध क्षेत्रमा एकसाताभित्र जनशक्ति परिचालन गरि नागरिकलाई सुसूचित गराउने काममा लाग्न पनि निर्देशन दिए । गृहमन्त्री लामिछानले प्राकृतिक प्रकोपपछि आवश्यक पर्ने सामाग्री अभाव भए खरिद कार्य अघि बढाउन सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले मनसुन पूर्व तयारी र प्रतिकार्यका लागि गरिएको तयारीका बारेमा जानकारी गराएका थिए ।