काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाका भिसा नपाएपछि निराशा व्यक्त गरेका छन् । आगामी जुन १ देखि अमेरिका र वेष्ट इण्डिजमा सुरु हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुनका लागि अमेरिकाको भिसा नपाएपछि सन्दीपले पुनः सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


उनले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशले विश्वकप खेल्न लागेकोमा आफू खुसी भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘वास्तवमा, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।’


ADVERTISEMENT

# # #


यसअघि सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन गरेका थिए । तर, अमेरिकी राजदूतावासले सन्दीपलाई भिसा दिन इन्कार गरेको थियो । भिसा नपाएपछि उनले गत बुधबार सामाजिक सञ्जालमा निराखा व्यक्त गरेका थिए । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको भिसाका लागि कुटनीति पहल थाल्न भन्दै राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुल मन्त्रालय गुहारेको थियो ।

मन्त्रालयले आवश्यक प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो । परराष्ट्रले समेत पहल गर्दा पनि सन्दीपले भिसा पाउने टुंगो नलागेपछि उनको विश्वकपमा सहभागिता अनिश्चित बनेको छ ।

यता अमेरिकाको भिसा नपाए सन्दीपलाई वेष्ट इण्डिजमा भए पनि विश्वकप खेलाउने क्यानको तयारी छ । विश्वकपको समूह ‘डी’मा रहेको नेपालले नेदरल्याण्ड र श्रीलंकासँग
अमेरिकामा खेल्दैछ भने दक्षिण अफ्रिका र बंगलादेशसँग वेष्ट इण्डिजमा खेल्नेछ ।