काठमाडौं– पश्चिमी न्यून चापिय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले बुधबार पुर्वी र मध्यक्षेत्रको मौसममा बदली आएको छ ।


ADVERTISEMENT


जसका कारण काठमाडौ उपत्यका सहितका क्षेत्रमा बुधबार दिनभर धुम्मीनुका साथै केही हिमाली क्षेत्रमा हिमपात समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


विभागका अनुसार यो समयमा मौसममा सामान्यत मौसम बदलिभइरहन्छ । र यो सामान्य प्रकृयाभित्रैै पर्छ ।
मंगबारबाट नेपालको पश्चिम भेगबाट सुरु भएको मौसमको बदली भोलीसम्म रहने विभागले जनाएको छ ।

मौषमविद् समिर श्रेष्ठका अनुसार बिहीबारबाट मौसममा विस्तारै सुधार हुनेछ । ‘यस प्रणालीको असरले मध्य तथा पहाडी भूभागका केहि स्थानमा हल्का वर्षाको पनि संभावना छ ’ श्रेष्ठले भने ।