काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


अर्थमन्त्री पुनका अनुसार स्वदेशमै बढी दूधालू क्षमता भएका पशु उत्पादन गर्न गाई भैँसीमा नश्ल सुधारका लागि ३८ करोड बिनियोजना गरिएको छ । यस्तै पशुपन्छीमा हुने रोग नियन्त्रणका लागि खोप उत्पादन र सेवा सञ्चालनका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै उखु खेतीका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने साना किसानको बाली तथा पशुपन्छीको बीमाको प्रिमियम अनुदानका लागि १ अर्ब ६५ करोड छुट्याइएको छ ।

कृषि अनुसन्धान तथा विकासका लागि ३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पुनले बताए ।