काठमाडौँ – सरकारले प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त जानकारी दिएका हुन् ।

यस्तै दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन उपयोग गर्नुपर्ने व्यवस्था मिलाइने उनले बताए । उक्त कार्यक्रमबाट करिब ३० लाख विद्यार्थी लाभान्वित हुने सरकारको अनुमान छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



साथै सरकारले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालीकोटमा दिइँदै आएको दिवा खाजा रकम वृद्धि गरेको छ ।

अतिविपन्न र सिमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ९ देखि १२ सम्म प्रदान गरिँदै आएको छात्रवृद्धि कार्यक्रमका लागि कक्षा ६ देखि १२ सम्म विस्तार गर्न आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री पुनले बताए ।

यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने उनको भनाई छ ।