काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेट मुलुकको आर्थिक बिकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै ढकालले निजि क्षेत्रसंग सहकार्य गर्ने विषयलाई बजेटले सम्बोधन गरेको बताए । उनले भने, ‘हाम्रा केही सुझावहरु यो बजेटमा समेटिएको छ । यो बजेटले हरेक कार्यक्रममा निजी क्षेत्रलाई संगसँगै लिएर जाने कुरा सकारात्मक छ । बाँकी कुरा नीति तथा कार्यक्रम अनुसारको बजेट र त्यसको कार्यान्वयन कस्तो हुन्छ भन्ने कुरामा भर पर्छ ।’
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट समग्र रुपमा सकारात्मक रहेको प्रतिक्रिया दिए । कृषिका क्षेत्रमा पनि धेरै राम्रा कुरा आएको उनको भनाइ छ ।
उनले यसपटक पनि पूँजीगत खर्च आवश्यक रुपमा बढाउन नसक्दा सोचे अनुसारको अर्थतन्त्र चलायमान बनाउन कठिन पर्ने बताए । उनले भने, ‘पूँजीगत खर्च अलिकति वृद्धि भएको छ । तर, त्यो प्रयाप्त भएन भन्ने लाग्छ । यसले अर्थचन्त्र चलायमान बनाउन सकिँदैन भन्ने लागेको छ ।’