काठमाडौँ – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानविन विशेष समिति गठन गरिएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानविन समिति गठन गरिएको जानकारी दिएका हुन् । ७ सदस्यीय संसदीय छानबिन विशेष समितिमा सभापति थापाका अतिरिक्त कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल  रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेको सभामुख घिमिरेले जानकारी दिए । समितिलाई समस्याग्रस्त सहकारीको अध्ययन अनुसन्धान गर्न कार्यप्रारम्भ भएको मितिले तीन महिनाको समय दिइएको उनले बताए ।

सभामुख घिमिरेले प्रस्तुत गरेको समिति गठनको प्रस्तावलाई बैठकले सहमत जनाएको थियो ।