काठमाडौं-भूतपूर्व सैनिकका विधवा पत्नीले पूरै पेन्सन उपलब्ध गराउन प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग माग गरेका छन् ।


ADVERTISEMENT


दुई दशकभन्दा लामो समय सेनामा सेवा गरेका पूर्वसैनिकका पत्नीले आफूहरु एकल भएकै कारण दोस्रो दर्जाको नागरिकसरह भएर बाँच्नुपरेको गुनासो गर्दै यस्तो माग अघि सारेका हुन् । आफ्ना श्रीमानले सेवा छाडेकै बेलाको जस्तो पूरै पेन्सन दिनुपर्ने उनीहरुको माग छ । नुवाकोट, रसुवा र धादिङका उनीहरुले यस्तो माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


एकल महिलाको मागमा आफू सकारात्मक रहेको जनाउँदै प्रधानसेनापतिले यस सम्बन्धमा छलफल भइरहेको बताए । चाडै सकारात्मक सन्देश आउने आश्वासन उनले दिए ।