काठमाडौं-सरकारले इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमको संरचना परिवर्तन गर्ने भएको छ । परम्परागत ढाँचामा सेवा विस्तार गर्दै आएको निगमको संरचना परिवर्तन गरी समसामयिक बनाउन लागिएको सरकारले जनाएको छ ।


ADVERTISEMENT


निगमलाई हालको सेवामूलकबाट पूर्ण रुपमा व्यवसायमूलक बनाइ परम्परागत ढाँचालाई परिवर्तन गर्दै नयाँ संरचनामा लैजान लागिएको आपूर्ति सचिव अनिलकुमार ठाकुरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सचिव ठाकुरले भने,

-निगम कर्मचारी र सञ्चालक समितिबीच छलफल गरेर निगममा देखिएको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर रणनीति योजना तयार गर्न लागिएको छ ।

-निगममा पुरानो मोडलको व्यवस्थापन रहेकाले त्यसलाई समसामयिक बनाउन लागिएको छ ।

-उदारीकरण नीतिअुसार कानुन, व्यवस्थापन, लगानी र दक्ष जनशक्ति भएन भने निगमलाई नयाँ ढाचामा लैजान सकिँदैन ।

-सोहीअनुसार निगमको हालको संरचनामा परिवर्तन गरी नयाँ संरचनामा लैजान लागेका छौं । निगमको प्राविधिक र व्यवस्थापन पक्ष सुधार गर्न लागिएको सचिव ठाकुरले जानकारी दिए ।-आजको कारोबारबाट