काठमाडौँ– माछापुच्छ्रे बैंक लि. ले एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ ।
बैंकले बुधवार एक समारोहबीच कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको हो ।
बैंकले सो कार्य आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सम्पन्न गरिएको जनाएको छ । बैंकका अनुसार विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको हो ।
२८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या रहेको थियो ।































































