काठमाडौं-फुटबलर एलेक्स सान्चेजलाई स्पेनको एक अदालतले एक वर्ष ६ महिनाको जेल सजायँ तोकेको छ । कर छलीको आरोपमा सजायँ दिइएको हो । उनलाई जेलमा भने बस्नु पर्ने छैन । किनकी स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजायँमा जेल बस्नु पर्दैन ।


ADVERTISEMENT


स्ट्राइकर सान्चेज गत जनवरीमा आर्सनलबाट म्यानचेस्टर युनाइटेडमा गएका थिए । सान्चेजले सन् २०१२ देखि २०१३ सम्म बार्सिलोनाबाट खेलेका थिए । त्यही बेला उनले ९ लाख पाउण्ड कर छलेको दावीसहित मुद्दा परेको थियो ।


ADVERTISEMENT

# # #


उनी धेरै कमाउने खेलाडीहरुमध्येमा पर्दछन् । उनको आम्दानी हप्ताको ६ लाख पाउण्ड छ । बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोमाथि पनि कर छलेको आरोप लागेको छ ।