काठमाडौं-सरकारले प्रदेशमा सरूवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन् ।


ADVERTISEMENT


सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक रोजगार, श्रम, मालपोतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो सरूवा रोक्न दबाब दिन थालेका हुन् । ‍सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


सामान्य प्रशासनले बुधबार ८ सय कर्मचारीलाई विभिन्न प्रदेशमा सरुवा गरेको छ । श्रेणीविहीनसहित दुई हजार कर्मचारी प्रदेशमा पठाउने मन्त्रालयको योजना छ । तर सरुवामा परेका केही कर्मचारी नयाँ ठाउँमा जान आनाकानी गरेको स्रोतको दाबी छ ।

सरूवा भइसकेकालाई सम्बन्धित कार्यालयले काजमा राखेकाले पनि कर्मचारी जान आनाकानी गरेको स्रोतको भनाइ छ । यस्तो प्रवृत्ति मालपोत कार्यालयमा बढी देखिएको स्रोतले बतायो ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने, ‘सामान्यको जिम्मेवारी कर्मचारी सरुवा गर्ने हो । सरुवा गरिएको कर्मचारीलाई सम्बन्धित कार्यालयमा खटायने, नखटाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयले लिनुपर्छ ।’ सरुवामा पर्नेमा नेपाल ट्रष्टको कार्यालय, गृह मन्त्रालय र हुलाकका समेत छन् । आजको नागरिक दैनिकबाट