काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ। लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १.९३ अङ्कले ओरालो लागेर दुई हजार ७७.७८ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२७ अङ्कले ओरालो लागेर तीन सय ७०.३४ मा सीमित भएको छ।
कूल ८८ लाख १३ हजार तीन सय ७४ कित्ता शेयर रु चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० मूल्यमा खरिद बिक्री भए।
नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर ९.८८, माण्डु हाइड्रोपावर ८.४३ र सुपर मादी हाइड्रो पावरका लगानीकर्ताले ७.५८ प्रतिशत कमाएका छन्।
त्यस्तै, माई खोला हाइड्रोपावर ६.४०, ज्योति विकास बैंकको ऋणपत्र ५.३१, नारायणी डेभलपमेन्ट बैंक ५.३१, पोखरा फाइनान्स ५.१२ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ४.५६ प्रतिशतले गुमाए।



























































