काठमाडौँ – राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गरे ।
घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने उनले बताए ।




























































