काठमाडौँ– नेपाली कांग्रेस बाग्मति प्रदेशको भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागको सदस्यमा १३ जना चयन भएका छन् ।


ADVERTISEMENT


प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले विभागमा ११ जिल्लाका १३ सदस्य मनोनित गरेका हुन् ।


ADVERTISEMENT

# # #


बानियाँले प्रदेश कार्यसमितिका सदस्य विक्रम लामा प्रमुख रहेको विभागमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहितको) धारा १३ (१०) (झ) बमोजिम सदस्य मनोनित गरेका हुन् ।

मनोनित हुने सदस्यहरुमा काभ्रेपलाञ्चोकका चेत बहादुर तामाङ, ललितपुरका राज कुमार चौरेल, भक्तपुरका बिनुलक्ष्मी ताम्राकार र कमल खत्री, दोलखाका खड्ग प्रसाद शिवाकोटी, धादिङका रमेश पौडेल र चितवनका राजन कार्की रहेका छन् ।

यस्तै, सिन्धुपाल्चोकका पदम बहादुर भण्डारी र विकाश काजी श्रेष्ठ, रामेछापका सन्तोष कुमार रोक्का, मकवानपुरका नेत्र प्रधान, सिन्धुलीका निर्मल थापा र रसुवाका हरी पनेरु रहेका छन् ।