काठमाडौँ– अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा पुलमै अड्किएका १४ खच्चडको उद्वार कार्य थालिएको छ । हाल दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीहरु उद्वारा कार्यमा खटेका हुन् ।
पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडहरुलाई कर्णाली नदिमा खसालिदैँछ । खसेका खच्चडहरुको डुंगामार्फत उद्वार गरिरहेको एक स्थानियले जनाए । उनका अनुसार अहिलेसम्म ३ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ ।
आइतबार बिहान अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै फसेका थिए ।
नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयको अनुमान छ ।



























































