काठमाडौं– सुदूरपश्चिमको सांस्कृतिक पहिचान प्रवद्र्धनका लागि काठमाडौंमा शुक्रबार ‘सुन्दर पश्चिमेली विविध सांस्कृतिक देउडा साँझ’ हुने भएको छ ।


ADVERTISEMENT


सांस्कृतिक एकताका माध्यमबाट आपसी सद्भाव बढाउन र संस्कृति प्रवद्र्धनका लागि देउडा साँझ आयोजना गरिएको आयोजक सुन्दरपश्चिम नेपाल र विकास मञ्चले जनाएको छ ।


ADVERTISEMENT

# # #


राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा दिउँसो साढे २ बजेबाट सुरु हुने देउडा साँझको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष वरिष्ठ देउडा गायक भोजराज भट्टले जानकारी दिएका छन् ।

कार्यक्रममा भट्टसहित चर्चित देउडा गायक यज्ञराज उपाध्याय, महेशकुमार औजी, भूवन प्रकाश वडु, सुरेश शाही, मनोज धामी, पुष्पा बोहरा, जनक ताम्राकार, बिष्णु भट्ट लगायतको प्रस्तुति रहने बताइएको छ ।

सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भट्टको भनाई छ । ‘‘सुदूरपश्चिमका चर्चित गायकहरुलाई एकै ठाँउमा राखेर बृहत कार्यक्रमको आयोजना गर्न गइरहेका छौ’’, भट्टले भने, ‘‘पहिचानको कुरा उठिरहेका बेला सुदूरपश्चिमको सांस्कृतिक पहिचानका लागि कार्यक्रमको आयोजना गरिएको हो ।’’

कार्यक्रममा छलीया, थारु नाँच, हुड्केलीसमेत प्रदर्शन गरिने भएकोे छ । देउडा साँझ कार्यक्रममा ‘न्याउल्या’ नामक गीति एल्बमको बिमोचन गरिने भएको छ । एल्वममा १३२ जना सुदूरपश्चिमेली कलाकारको स्वर रहेको छ ।