काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराउन सभामुखको रुलिङ माग गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आजै सदनलाई भ्रमणको बारेमा जानकारी गराउन माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘भातरसँग सीमाको समस्या त्यतिकै छ, ईपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाती रहेका समस्याहरू जस्ताको तस्तै छ । त्यसैबारे प्रधानमन्त्रीको भ्रमणको बिषयमा के कुराकानी भए सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ होस् ।’