मकवानपुर– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा पहिलो पटक आपतकालिन व्यवस्थापन ड्रिल अभ्यास गरिएको छ ।


ADVERTISEMENT


जुनसुकै बेला पनि आइपर्न सक्ने आपत्तकालिन अवस्थामा संयमित भएर प्रभावकारी सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले अस्पतालको आयोजनामा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास गराइएको हो ।


ADVERTISEMENT

# # #


प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका बेला पालना गर्नुपर्ने नियमलाई ड्रील अभ्यास मार्फत् प्रस्तुत गरिएको थियो ।

भीमफेदी १ त्रिखण्डीमा सवारी दुर्घटना भएको कृत्रिम घटना मार्फत् घाइतेको उद्धार प्रक्रिया, उपचारमा स्वास्थ्यकर्मीहरुको परिचालन, उपचार, लगायतका बिषयमा अभ्यास गरिएको थियो । अस्पतालको इर्मेजन्सी कक्षमा विरामीको अवस्था अनुसारको तोकिएको जोनमा राखेर उपचार गरिएको थियो ।