काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको अधिवेशन उद्घाटन गर्दै कोइरालाले डेढ वर्षमा केन्द्र र प्रदेश गरी ८ वटा सरकार २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरुले अन्त्यन्तै गम्भीर ढंगले समिक्षा गर्नुपर्नै समेत बताए ।
राजनीतिक वा सरकारको स्थीतरता विना मुलुकमा आर्थिक विकास हुन नसक्ने भन्दै स्थिरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने उनले बताए ।
कोइरालाले कांग्रेस अहिले विपक्षमा रहेकाले सरकारमा जान हुनै हतारो नरहेको स्पष्ट पारे । विभिन्न प्रकरणमा अख्तियारले, निर्वाचन आयोगले, सीआईबीले दुख दिइरहेको भन्दै यस विषयमा राजनीतिक दलहरुबीच छलफल हुन जरुरी रहेको उनको भनाइ छ ।
उनले सुशासन, पारदर्शी र भ्रष्टाचारका कुराको छिनोफानो गरेर अघि जान नसके देश पनि अघि जान नसक्ने धारणा राखे ।



























































