काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् रवि लामिछानेले नेपाली राजनीतिको अस्वस्थ र पूर्वाग्रही प्रतिष्पर्धाले समाज र देशको हित नगर्ने बताएका छन् ।
नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले नयाँ दलहरुको अस्तित्वलाई स्वीकार नगर्ने र नेपाली राजनीतिमा देखिएको अस्वस्थ र पूर्वाग्रही प्रतिष्पर्धाले समाज र देशको हित नगर्ने बताएका हुन् । उनले मधेशमा जनमत पार्टी र अन्य स्थानमा रास्वपा लगाएत स्वतन्त्र उम्मेद्वारलाई जनताले दिएको भोटले नयाँ सन्देश दिएको भन्दै यसलाई सवै दलहरुले स्वीकार गर्न सक्नुपर्ने धारणा राखे ।
आफ्नो पार्टी स्थापना हुनुभन्दा लामो समयदेखि जनतासमक्ष गएर धेरै अध्ययन गरिएको भन्दै लामिछानले अहिले पनि आफ्नो पार्टीलाई सामाजिक सञ्जालको लोकप्रियताका आधारमा भोट आएको भन्ने जवरजस्त भाव स्थापित गराउन खोजिएको गुनासो गरे । लामिछानेले अहिले नयाँ शक्तिहरु मिल्न आवश्यक नरहेको तर्क गर्दै बिचारमा आधारमा एक्लै चूनाव लड्न र जनतामाझ परिक्षण गर्न चुनौती दिए ।
उनले संविधानले परिकल्पना गरेको संघीयताको मर्म अनुसार प्रदेशलाई बेढंगबाट ढंगको बनाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे ।



























































