ललितपुर–नेकपा एमालेको महालक्ष्मीनगरको अध्यक्षमा नकुल थापा सर्वाधिक मतले निर्वाचित भएका छन् ।
उनी महालक्ष्मी नगरकमिटीको दोस्रो अधिवेशनमा ४ चार जना प्रतिस्पर्धीलाई पछि पार्दै कुल ८७ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
थापाले यसअघि नै दुईपटक महालक्ष्मीकै वडाध्यक्षको रुपमा कार्यकाल समेत सम्हालिसकेका छन् ।
आफ्नो कार्यकालमा कुनै पनि गुनासो आउन नदिएका उनले जनस्तरमा एक कुशल कार्यवाहकको रुपमा आफ्नो छवि निर्माण गरिसकेका छन् ।
थापासंगै कमिटिको उपाध्यक्षमा बिना सुवेदी, सचिवमा भाष्कर गौतम र उपसचिवमा माधव श्रीमाली एवम् उमा पौडेल निर्वाचित भएका छन् ।
निर्वाचनमा कसले कति मत पाए ? हेर्नुहोस्





























































