काठमाडौँ– उपप्रधान तथा परराष्ट्रमन्त्री नाराकाजी श्रेष्ठले भारतीय समकक्षी एस जयशंकरलाई शुभकामना व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको ७२ सदस्यीय मन्त्रिपरिषद् विस्तारका क्रममा विदेशमन्त्रीमा जयशंकरले नै निरन्तरता पाएपछि श्रेष्ठले फोनमार्फत उनलाई शुभमकना दिएका हुन् ।
शुभककामनापश्चात् जयशंकरले श्रेष्ठप्रति आधाार व्यक्त गरेका छन् । ‘नेपाली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीबाट बधाई कल पाउँदा अत्यन्तै खुशी लागेको छ’, उनले भने, ‘उहाँको न्यानो सद्भाव एवम् शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । हाम्रो गहिरो मित्रतालाई अघि बढाउन उहाँसँग काम गर्न तत्पर छु ।’
Appreciate the congratulatory call from DPM & FM @nksthaprakash of Nepal.
Thank him for his warm sentiments and good wishes. Look forward to working with him to advance our deep rooted friendship.
🇮🇳 🇳🇵
— Dr. S. Jaishankar (@DrSJaishankar) June 12, 2024



























































