काठमाडौँ– दराजले इ–कमर्स अर्थात् विद्युतीय व्यापारको क्षेत्रमा नेपालमा नयाँ युगको सुरुआत गरेको छ।
आफ्नो कार्यले वातावरणमा कम प्रभाव परोस् भनेर दराजले पुनःप्रसोधन गर्न मिल्ने प्याकेजिङ, सौर्य ऊर्जामा लगानी, कागजको खपत न्यूनीकरण, ढुवानीमा विद्युतीय गाडीको प्रयोग, साना डेलिभरीका लागि इभी स्कुटर प्रयोग लगायतका नयाँ प्रविधि प्रयोग गर्दै आएको बताएको छ।
खर्च, उपयोगिता, सहजता, वातावरण संरक्षण जस्ता विभिन्न मानकमा नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने दुविधाकाबीच दराजले विभिन्न ब्राण्डका कमर्सियल गाडीको परीक्षण गर्यो।
१५ दिनसम्म गाडीको ट्रायल गरेर टाटा एस इभीको कार्यक्षमताबाट पूर्ण सन्तुष्ट भएर २०२३ मा २ वटा गाडी लिएर काम सुरू गरेको दराजले अप्रिल २०२४ सम्म आफ्नो ढुवानीमा १५ वटा इभी पुर्याएको छ।
मंगलबार आयोजना गरिएको १५औं साँचो हस्तान्तरण कार्यक्रमले नवीन र वातावरण मैत्री ढुवानीका विकल्प रोजी दिगो विकासमा टेवा पुर्याउने टाटा मोटर्स र दराजको संयुक्त प्रयासलाई उजागर गर्ने बताइएको छ।
‘हामी हाम्रो १५ औं टाटा एस इभी दराज नेपाललाई प्रदान गर्न पाउँदा खुसी छौं र यो साझेदारीबाट दुवानी क्षेत्रमा एउटा नवीन र दिगो आयाम थप्ने हामीलाई विश्वास छ। दराजले पर्यावरण–मैत्री सवारी साधनहरूको प्रयोग गरी आफ्नो ढुवानी संजाललाई सबल बनाउँदै जाँदा हाम्रो साथ निरन्तर रहिरहने छ’, सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल युनिटका सिनियर जीएम अनुपमणि ढकालले भने।
दराज एक्सप्रेसका प्रमुख सन्तोष विष्टले भने, ‘हामीसँग भएको कुल सवारी साधनहरूमध्ये टाटा एस इभीले दीर्घकालीन रुपमा लागत लाई कम गर्न हाम्रो प्रतिबद्धतालाई टेवा दिन्छ। हाम्रा ग्राहकहरूको बढ्दो मागहरू पूरा गर्दै हाम्रा वातावरणीय र व्यवसायिक लक्ष्यहरूलाई अघि बढाउन सिप्रदी ट्रेडिङसँगको सहकार्य जारी राख्न पाउँदा हामी उत्साहित छौं।’



























































