काठमाडौँ – अमेरिका र वेष्टइण्डिजमा जारी आईसीसी टी–२० क्रिकेट विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले स्तब्ध बनाएको छ । शनिबार नेपाल १ रनको झिनो पराजयसँगै विश्वकप प्रतिस्पर्धाबाटै बाहिरिएको हो ।


ADVERTISEMENT


सेन्टभिन्सेन्टको किंग्सटनस्थित आर्नस भाले मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अप्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनायो । ११६ रनको जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनमै समेटिएको हो । अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा नेपालले ६ रन मात्रै बनायो ।


ADVERTISEMENT

# # #


नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे ।

दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे ।

यसअघि दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । नेपालको उत्कृष्ट स्पिन बलिङ आक्रामण सामु दक्षिण अफ्रिकाका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

आजको जितसँगै दक्षिण अफ्रिका अविजित रहँदै समूह ‘डी’को विजेताका रुपमा सुपर ८ मा पुगेको छ । नेपालले भने ३ मध्ये २ खेलमा हार व्यहोरेको छ भने श्रीलंकासँगको खेल खर्षाले रद्द हुँदा १ अंक बाँडेको थियो ।

नेपालले विश्वकपको अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्नेछ ।