कर्णाली – कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


शनिबार कर्णाली प्रदेश सभा बैठकका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रहेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको स्रोतमध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालू आर्थिक वर्षको बचतबाट ५ अर्व १३ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु ९ अर्व ३८ करोड र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ३६ करोड रुपैया र ससर्त अनुदानबाट रु ३ अर्व ७१ लाख परिचालन गरिने उनले बताए ।

बजेटमा पर्यटकीय स्थलको गुरुयोजना कार्यान्वयन गर्न १४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने ऊर्जा विकास मन्त्रालयका लागि २ अर्व ८६ करोड रुपैया विनियोजन गरिएको छ । त्यस्तै खानेपानी सेवा विस्तार र पुनस्थापना कार्यक्र सञ्चालनका लागि रु १ अर्व ८ करोड विनियोजन गरिएको छ ।