काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । मेयर बालेन साहले बैठक असार १० गते ११ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


आइतबार बसेको बैठकमा मेयर साहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।


ADVERTISEMENT

# # #


लगत्तै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बाहिष्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि साहले नगरसभाको बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने तयारी गरेका थिए ।