काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक स्थगितपछि महानगर प्रमुख बालेन साहले आक्रोश पोखेका छन् ।


ADVERTISEMENT


उनले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको आरोप लगाएका छन् । आइतबार बसेको बैठकमा मेयर साहले नयाँ सडकलाई नो भेकल जोन बनाउने प्रस्तावलाई सभामा पारित गर्ने तयारी गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसअघि उनले आर्थिक वर्ष २०८१÷८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।

लगत्तै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बाहिष्कार गरेर एकाएक सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको थियो ।

बैठक स्थगित पछि सामाजिब सञ्जालमा आक्रोश पोख्दै साहले लेखेका छन्, ‘३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा नरहने जनाउँदै उनले १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व उल्लेख गरेका छन् ।

साथै उनले बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले नगर्ने स्ष्ट पार्दै अन्त्यमा लेखेका छन्, ‘काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’