काठमाडौँ – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदवहाली भएपश्चात सय दिन दिनको कार्य प्रगति सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले २१ बुँदे कार्यप्रगति सार्वजनिक गरेका हुन् । उनले देशभरका रंगशालाको व्यवस्थापनलाई मध्यनजर गरि रंगशाला सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै मुलपानी क्रिकेट मैदानको डिपिआर तयार भएको तथा कीर्तिपुरमा स्कोरबोर्ड र फ्लडलाई जडानका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

त्यस्तै सो अवधिमा ११ वटा अन्तराष्ट्रिय प्रतियोगीताका साथै ४४ वटा राष्ट्रिय प्रतियोगीता सम्पन्न भएको, स्पोर्टस विज्ञान अध्यायनका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको, बार्षिक क्यालेन्डर सार्वजनिक गरिएको जानकारी दिए ।

उनले खेल क्षेत्रको निर्णय गर्न बोर्ड बैठकमा प्रस्ताव लाने व्यवस्था गरिने बताए ।