काठमाडौँ – आईसीसी टी–२० विश्वकपमा बङ्गलादेशले नेपाललाई १ सय ७ रनको चुनौती दिएको छ । समूह डीको अन्तिम खेलमा नेपालले शानदार बलिङ गरेपछि बंगलादेश १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमै समेटिएको हो ।


ADVERTISEMENT


सेन्टभिन्सेन्टको किंग्सटनस्थित आर्नस भाले मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । तर, सोमपाल कामीले पहिले बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड आउट गरेपछि बंगलादेश सुरुवातमै दबाबमा आयो । लगत्तै दोस्रो ओभरमा दीपेन्द्र सिंह ऐरीले बंगलादेशका कप्तान नजिबुल हसन सान्तोलाई पेवेलियनको बाटो देखाए ।


ADVERTISEMENT

# # #


बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे । त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले पनि दुई चौका प्रहार गरे ।

रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । जाकेर अलीले २६ बलमा १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए ।

४ ओभर बलिङ गर्दै सन्दीपले २ विकेट लिए । यस क्रममा उनले एक मेडेन राख्दै मात्र १७ रन खर्चिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे ।दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले मात्र २२ रन खर्च गरे ।

यस्तै सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । उनले ३ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले १० रन मात्र खर्चिए ।