काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्टममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट पुस्तिका च्यातेका छन् ।


ADVERTISEMENT


मंगलबार विनियोजन विधेयक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै लिङ्देनले बजेट पुस्तिका च्यातेका हुन् । आफु निकै नरम प्रवृतिको मान्छे भएपनि सो मन्त्रालयको बजेट देख्नेबितिकै रिस उठेको उनले बताए ।


ADVERTISEMENT

# # #


लिङ्देनले संसदको हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रबाहेकका सांसदहरुको बजेटमाथि आक्रोश नै रहेको बताए । उनले पहँुचका भरमा राज्यको स्रोतमाथि खेलबाड गरेको आरोप लगाए । अहिले बजेट बनाउने मौका पाउदा मन्त्रीहरुले देखाएको गलत कामले अहिलेको व्यवस्थामाथि उठेको आक्रोश सहि पुष्टि हुदै गएको उनको दाबी छ ।

उनले संसदमा रहेका सवै सांसदहरु जनताको मत लिएर आएको भन्दै बजेटको वितरणमा देखिएको पक्षपात उचित नभएको तर्क गरे ।