काठमाडौं – गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको नामी भिगो ई२ ले सार्वजनिक भएको छोटो समयमै नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया र उच्च माग प्राप्त गर्न सफल भएको छ । त्यसका लागि हामी एमएडब्लू वृद्धि सबै ग्राहकलाई धन्यवाद दिन चाहन्छौं ।


ADVERTISEMENT


आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण फुल साइज एसयूभी भिगो ई२ प्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेकोमा हामी हाम्रा ग्राहकप्रति आभार व्यक्त गर्न चाहन्छौं ।


ADVERTISEMENT

# # #


यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरहरूलाई निरन्तरता दिँदै थप परिष्कृत गर्दै मुनरुफ हटाएर आएको भिगो ई२ ले आफ्नो सेग्मेन्टमा थप आकर्षण सिर्जना गर्न सफल भयो, अनि बुकिङको पनि ठूलो चाप रह्यो ।

सीमित अवधिका लागि ल्याइएको विशेष अफर र नयाँ मोडलले ग्राहकलाई भिगो ई२ खरिदका लागि थप आकर्षित गरेको देखियो । जसले चाडपर्वमा बिक्री गर्न सकिने संख्याभन्दा धेरै बुकिङ ६ दिनमै प्राप्त भयो ।

त्यसैले छोटो समयमै प्राप्त अत्यधिक माग तथा रेकर्ड बुकिङका लागि सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै, रु. २ लाखको विशेष अफर समाप्त भएको र अब गाडीको मूल्य रु. ३७,९९,००० कायम भएको जानकारी गराउँदछौँ।

हामीले घोषणा गरेको एमआरपी मूल्यमा बुकिङ निरन्तर भइरहनेछ । नामी भिगो ई२ प्रति नेपाली उपभोक्ताबाट प्राप्त भएको प्रतिक्रिया हाम्रो अपेक्षाभन्दा निकै उत्साहजनक रहेको छ । सार्वजनिक भएको केही दिनमै प्राप्त भएको उच्च बुकिङले नेपाली बजारमा यस उत्पादनप्रतिको आकर्षण स्पष्ट देखाएको छ ।