काठमाडौँ– सार्वजनिक बिदापछि खुलेको शेयर बजार मापक नेपाल एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ को विन्दुमा कायम भएको हो।


ADVERTISEMENT


यस दिन ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा चार अर्ब पाँच करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर पाँच अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो।


ADVERTISEMENT

# # #


मंगलबार १३ उपसमूहमा सबै घटेका छन्। वाणिज्य बैंक १.१६ र फाइनान्स उपसमूह १.०४ प्रतिशतले घटेको छ। १९८ कम्पनीको शेयर मूल्य घट्दा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युत‍्का लगानीकर्ता बढी नोक्सानमा छन्। यी दुई कम्पनीको शेयरमा नेगेटिभ सर्किट लागेको छ। वाराही, भगवती, मेन्छियाम लगायतका हाइड्रोपावरको शेयर मूल्य पनि घटेको छ।

जलविद्युत् उपसमूह घटे पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा भने जलविद्युत् कम्पनी नै परेको छ। वरुण हाइड्रोपावरको ११ करोड २७ लाखको शेयर कारोबार भएको छ। यस्तै, सीईडीबी हाइड्रोपावरको १० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख, ग्लोबल आईएमई लघुवित्तको नौ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

४० कम्पनीको शेयर मूल्य बढ्दा सर्वाधिक फाइदामा समाज लघुवित्तका लगानीकर्ता छन्। उक्त लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। माण्डु हाइड्रोपावर, वीन नेपाल लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर लगायत बढेका छन्। नौ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन।