काठमाडौँ – संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको छ ।
बुधबार कार्यालय समयपछिपनि जारी रहेको बैठकमा सचिवालयका कर्मचारीहरुले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेपछि सांसदहरुले आपत्ति जनाएका थिए ।
सांसद रामहरि खतिवडाले सांसदहरुले बोलेका बेला सभामुखलाई मात्रै देखाएकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका विषयलाई हटाउदै बैठक स्थगत गरे । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ ।
विभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरु आन्दोलित छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म कार्यालयसमयबाहेक काम नगर्ने बताउँदै आएका छन् ।



























































