काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।


ADVERTISEMENT


काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले तीनै देश एउटै हिमालय पर्वतीय प्रणालीसँग जोडिएकाले जलवायु संकटलाई साझा चुनौतीका रूपमा लिनुपर्ने बताए।


ADVERTISEMENT

# # #


उनले हिमालय क्षेत्रमा भइरहेको परिवर्तनको गति तीनै देशका संस्थागत परिवर्तनभन्दा तीव्र रहेको उल्लेख गरे। नदीहरू सीमाभन्दा माथिबाट सुरु भएर अर्को देश हुँदै बग्ने भएकाले जलस्रोत, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा समेत तीन देशबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।