काठमाडौँ– गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् ।


ADVERTISEMENT


श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे ।


ADVERTISEMENT

# # #


‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’

दर्जनभन्दा बढी सहकारी ठगी आरोप लागेका राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा उनीसंगै लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए ।