काठमाडौं – सरकारले विभिन्न ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।


ADVERTISEMENT


शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, मलेसिया, साउदी अरेबिया, डेनमार्क र स्पेनका लागि राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो। सत्तारुढ दलहरूको भागबन्डाअनुसार एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफासि भएका हुन् ।


ADVERTISEMENT

# # #


भारतका लागि नेपालका राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन्। त्यस्तै बेलायतका लागि विजय पन्त, अमेरिकाका लागि चन्द्रप्रसाद घिमिरे सिफारिस भएका छन् ।

यस्तै दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र डेनमार्कका लागि सुम्निमा तुलाधर नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै स्पेनका लागि पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूत नियुक्तका सिफारिस गरिएको छ ।