काठमाडौं-साबिक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार राति भ्यालेन्सियाको घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई २–० ले हराउँदै समग्रमा ३–० को जितसहित बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको हो।


ADVERTISEMENT


पहिलो लेगमा १–० ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा पनि जित निकाल्दै लगातार पाँचौँ सिजन कोपा डेल रेको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । बार्सिलोनाको जितमा कीर्तिमानी मूल्यमा हालै क्लब भित्रिएका फिलिप कोन्टिन्होले गोल गरे। उनको यो गोल बार्सिलोनाबाट पहिलो गोल हो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । ४९ औँ मिनेटमा कोन्टिन्होले गोल गर्दै बार्सिलोनालाई सुरूवाति अग्रता दिलाए । उनले बार्सिलोनाबाट खेलेको पाँचौँ खेलमा पहिलो गोल गरेका हुन् । यस्तै खेलको ८२ औँ मिनेटमा इभान रेकिटिकले गोल गर्दै बार्सालाई २–० को जितसहित फाइनल पुर्‍याए ।

बार्सिलोनाले अब उपाधिका लागि सेभिल्लासँग प्रतिस्पर्धा गर्नेछ। लेगानेसलाई समग्रमा ३–१ ले हराउँदै सेभिल्लाले फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल अप्रिल २१ मा हुनेछ । सेभिल्ला सन् २०१६ मा फाइनलमा बार्सिलोनासँगै हारेको थियो । बार्सिलोनाले भने सन् २०१४ मा रियल मड्रिडसँग पराजित भए यता तीन वर्ष लगातार उपाधि जित्न सफल टोली हो ।