काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको दोस्रो खेलमा नेपालले अहिले ओमनको सामना गरिरहेको छ ।


ADVERTISEMENT


नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ । नेपालका लागि ओपनरका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलीप नाथ खेलिरहेका छन् । नेपाली टिममा आज कुनै परिवर्तन भएको छैन । हिजो नामिबियाविरुद्ध खेलेका खेलाडिले नै आज पनि निरन्तरता पाएका छन् ।


ADVERTISEMENT

# # #


              नेपाल भर्सेस ओमन लाइभ

खराब ब्याटिङका बाबजुत हिजोको खेलमा नेपालले आयोजक राष्ट्र नामिबियालाई एक् विकेटले हराएको थियो । पहिलो खेलमा जित दर्ता गरेको नेपालले आजपनि विजयी यात्रालाई निरन्तरता दिने दाउमा छ भने ओमन जितको खाता खोल्ने उद्देश्यमा छ ।

नेपालको लाई क्रिकेट हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

नेपाल भर्सेस ओमन लाइभ