काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको दोस्रो खेलमा नेपालले पसिहलो विकेट गुमाएको छ ।


ADVERTISEMENT


नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा ओमनसंग टस हारेर ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भएका हुन् ।
उनले दिलिप नाथसंग ५ ओभरमा १० रनको साझेदारी गर्दै व्यक्तिगत ७ रनमा पेवेलियन फर्किए ।
एक चौका प्रहार गरेका उनले १७ बलको सामना गरेका थिए ।


ADVERTISEMENT

# # #


अहिले नेपाली इनिङ सम्हाल्न कप्तान पारस आफै आएका छन् । नेपाली टिममा आज कुनै परिवर्तन भएको छैन । हिजो नामिबियाविरुद्ध खेलेका खेलाडिले नै आज पनि निरन्तरता पाएका छन् ।

खराब ब्याटिङका बाबजुत हिजोको खेलमा नेपालले आयोजक राष्ट्र नामिबियालाई एक् विकेटले हराएको थियो । पहिलो खेलमा जित दर्ता गरेको नेपालले आजपनि विजयी यात्रालाई निरन्तरता दिने दाउमा छ भने ओमन जितको खाता खोल्ने उद्देश्यमा छ ।