काठमाडौँ –प्रतिनिधि सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ ।


ADVERTISEMENT


आइतबार बसेको सभामा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।


ADVERTISEMENT

# # #


यो विधेयकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई सभाले बहुमतले अस्वीकृत गरेको छ ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले नेपालको वर्तमान अवस्थाको ऋणको विषयबारे जानकारी गराए ।

२०८१ जेठसम्मको ऋणको अवस्था २४ खर्ब ३४ करोड रहेको बताए ।